तराईमा शितलहर

तापक्रम घट्दै जाँदा प्रदेश २ मा शीतलहरको कहर सुरु भएपछि सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ ।

चिसो बढे संगै दाउरा, काठ र पराल बालेर चोकचोकमा आगो ताप्ने क्रम बढेको छ । यतिबेला प्रदेश २ का मुख्य सहरहरूको तापक्रम लगातार ओरालो लागेको छ । जनकपुर, वीरगन्ज, राजविराज, कलैया, मलंगवा र जितपुर सिमरामा अत्यधिक चिसो भएको छ ।

जनकपुरको मुख्य चोकहरूमा दाउरा बालेर आगो ताप्ने र न्यानो खाना उपलब्ध गराउने अभियान थालिएको छ । धनुषाको ग्रामीण क्षेत्र र विपन्न बस्तीमा शीतलहरको कहरले झन् सताएको छ ।

प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार पुसयता शीतलहरले ४ जनाको मृत्यु भएको छ  भने सिरहामा ५ दिनयता मात्रै ३ जनाले ज्यान गुमाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close