टेलिफोन प्रयोगकर्ता मासिक सवा चार लाखले बढे, दुर्गमका केही गाउँमा सेवा पुग्नै बाँकी

नेपाललमा टेलिफोन प्रयोगकर्ता मासिक सवा चार लाखले बढेका छन्। तर, कतिपय दुर्गम गाउँमा भने अझै टेलिफोन सेवा पुग्न सकेको छैन।

नेपाल दूरसञ्चार प्राधिकरणले पुस मसान्तमा सार्वजनिक गरेको एक तथ्यांक अनुसार टेलिफोन प्रयोकर्ता मासिक चार लाख २७ हजार ७३१ ले बढेका हुन्। सबैभन्दा बढी प्रयोगकर्ता नेपाल टेलिकमका छन्। टेलिकमका प्रयोगकर्ता कात्तिक २०७७ सम्ममा दुई करोड ६ लाख पुगेका छन्।
नेपालमा हालसम्ममा विभिन्न सेवाप्रदायकका टेलिफोन प्रयोगकर्ता तीन करोड ८४ लाख पुगेका छन्। यसमा सबैभन्दा बढी हिस्सा टेलिकमकै छ। त्यसपछि एनसेलको एक करोड ५५ लाख र स्मार्टको २२ लाख छन्।
कुल टेलिफोन प्रयोगकर्तामा मोबाइलको हिस्सा १२६ प्रतिशत पुगेको छ। टेलिकमको मोबाइल प्रयोगकर्ता नै एक करोड ९८ लाख रहेका छन्। एनसेल र स्मार्ट टेलिकमसँग भने मोबाइल सेवा मात्रै रहेकोले दुवै सेवाप्रदायकको मोबाइलबाहेकका टेलिफोन प्रयोगकर्ता छैनन्।
टेलिकमले मोबाइलबाहेक सीडीएमए र  ल्याण्डलाइन टेलिफोन सेवा पनि दिइरहेको छ। टेलिकमको सीडीएमए फोन प्रयोगकर्ता १६ लाख ८८ हजार र पीएसटीएन टेलिफोन प्रयोगकर्ता ६ लाख २२ हजार छन्।
नेपालमा हालसम्ममा विभिन्न सेवाप्रदायकका टेलिफोन प्रयोगकर्ता तीन करोड ८४ लाख पुगेका छन्। यसमा सबैभन्दा बढी हिस्सा टेलिकमकै रहेको छ। त्यसपछि एनसेलको एक करोड ५५ लाख र स्मार्टको २२ लाख प्रयोगकर्ता रहेको पनि तथ्यांकले देखाएको छ।
टेलिकमका प्रयोगकर्ता साउनदेखि लगातार बढ्दै गएका छन्। साउनमा एक करोड ९९ लाख रहेका प्रयोगकर्ता भदौमा २ करोड एक लाख र असोजमा दुई करोड तीन लाख पुगेको पनि तथ्यांकले देखाएको छ।
टेलिकमको तुलनामा एनसेल र स्मार्ट टेलिकमका ग्राहक भने स्थिर रहेका छन्। प्राधिकरणले जारी गरेको तथ्यांकमा एनसेलका प्रयोगकर्ता भने कुनै महीना घट्ने र कुनै महीना बढ्ने पनि भएको छ।  साउनमा एनसेलको प्रयोगकर्ता एक करोड ५६ लाख रहेका थियो।
यो संख्या भदौमा तीन लाख घटेर एक करोड ५३ लाख भएको छ। त्यसपछि असोजमा फेरि एक लाख बढेर एक करोड ५४ लाख पुगेको पनि प्राधिकरणको तथ्यांकले देखाउँछ।
स्मार्ट टेलिकमको भने ग्राहक संख्या जम्मा २२ लाख मात्रै छन्। यसका प्रयोगकर्ता भने फागुन २०७६ देखि स्थिर रहेकोमा असोज २०७७ मा मात्रै एक लाख बढेर २२ लाख पुगेको देखिन्छ। स्मार्टका ग्राहक हाल २२ लाख ३५ हजार पुगेको भए पनि गत वर्ष फागुनदेखि यो वर्ष भदौसम्म २१ लाख ४५ हजार वरिपरि मात्रै छ।
टेलिकमका प्रवक्ता राजेश जोशी टेलिफोन सेवा ७७ जिल्लामा पुगेको भए पनि केही गाउँपालिकामा भने अझै सेवा पुग्न बाँकी रहेको बताउँछन्। उनी भन्छन्, “एउटा गाउँमा राखिएको टावरले अर्कोमा कहीँ पुग्ने र कहीँ नपुग्ने हुन्छ। कुन ठाँउमा पुग्न बाँकी छ भनेर तथ्यांकमा नै हेर्नुपर्ने भएपनि सबै जिल्लाका सबै गाउँमा टेलिकमको सेवा अझै पुग्नै बाँकी रहेको छ।”
एउटा गाउँमा राखिएको टावरले अर्कोमा कहीँ पुग्ने र कहीँ नपुग्ने हुन्छ। कुन ठाँउमा पुग्न बाँकी छ भनेर तथ्यांकमा नै हेर्नुपर्ने भएपनि सबै जिल्लाका सबै गाउँमा टेलिकमको सेवा अझै पुग्नै बाँकी छ।
प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल सम्बन्धित दूरसञ्चार कम्पनीले जुन सूचना र तथ्यांक उपलब्ध गराउँछन् त्यसैलाई हरेक महीना अभिलेखिकरण गरेर सार्वजनिक गर्ने गरेको बताउँछन्।
सबै दूरसञ्चार कम्पनीले ६ महीना निष्कृय रहेका प्रयोगकर्तालाई हटाउनुपर्ने शर्त तोकेकोले प्रयोगमा नआएका सीमकार्ड हटाउँदा ग्राहक संख्या घटीबढी हुने देखिएको पनि अर्याल बताउँछन्।
अर्याल भन्छन्, “पुराना ग्राहकले छोड्ने र नयाँ ग्राहक थपिने क्रम निरन्तर भइरहेको हुन्छ। सोही अनुसार कुनै सेवाप्रदायकको संख्या कम र कुनैको बढी देखिन्छ।”
प्राधिकरणले तथ्यांक अद्यावधिक तथा परिस्कृत गर्दै गएकोले आगामी महीनाबाट सक्रिय प्रयोगकर्ता, सेवाको दायरा, पूर्वाधार विस्तारसहितको थप विवरण आउने भएको छ। प्राधिकरणले हाल राख्ने दूरसञ्चार सेवाप्रदायकको तथ्यांकलाई थप नयाँ शीर्षक राख्ने र धेरै सूचना तथा तथ्यांक दिन खोजिएको पनि अर्याल बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close