नासाद्वारा रहस्यमयी ‘मार्री म्यान’ को तस्विर सार्वजनिक

एजेन्सी– नासाले रहस्यमयी कलाकृति ‘मार्री म्यान’को तस्विर सार्वजनिक गरेको छ। तस्विरमा उक्त कलाकृति पूर्ण रुपमा पहिलेकै अवस्थामा देखिन्छ।

सन् १९९८ मा पहिलो पटक एक जना पाइलटले आकासबाट यो रहस्यमयी कलाकृति पत्ता लगाएका थिए। जमिनमा कोरेर बनाइएको ‘म्यार्री म्यान’ले अष्ट्रेलियाको आदीवासी (एबोरिजिनल)लाई देखाएको भए पनि यति विशाल कलाकृति कसले बनाएको हालसम्म पत्ता लागेको छैन।

३.५ किमी लामो यो कलाकृति २७ किमी परिधिमा फैलिएको छ र यो कला पूर्ण रुपमा आकासबाट मात्र हेर्न सकिन्छ। यो कलाकृति मेटिदैं गएको चर्चा भएकाेले सन् २०१६ मा यसलाई संरक्षण गर्ने  प्रयास गरिएकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close