सस्तो आइफोन ल्याउने तयारीमा एप्पल

अमेरिकी ‘मल्टिनेसनल टेक्नोलोजी’ कम्पनी एप्पलले केही समय अगाडि आइफोन एसई–२ सार्वजनिक गरेको थियो। त्यसयता एप्पलका प्रयोगकर्ता आइफोन–१२ सार्वजनिक हुने पर्खाइमा छन्। तर, हालै सार्वजनिक भएको एक सूचनाअनुसार एप्पपले एक कम्प्याक्ट डिस्प्लेवाला मोबाइल सार्वजनिक गर्ने तयारी गर्दैछ।

उक्त रिपोर्टअनुसार ५.४ इञ्चको डिस्प्ले भएको उक्त आइफोन हाल बिक्री भइरहेको आइफोन–११ सिरीजभन्दा सानो हुनेछ। एप्पलले गत सेप्टेम्बरमा आइफोन ११ सिरिज सार्वजनिक गरेको थियो। अहिले एप्पल आइफोन–११ सार्वजनिक गर्ने तयारीमा पनि निरन्तर लागिरहेको छ।

कक्प्याक्ट डिस्प्ले भएको उक्त आइफोन एप्पलका अन्य सिरिजको तुलनामा केही हदसम्म सस्तो हुने सम्भावना देखिएको छ। नयाँ कक्प्याक्ट डिस्प्ले भएको आइफोनमा आइओएस बेटा भर्सन राखिएको छ। कम्प्याक्ट डिस्प्ले र आकारमा सानो देखिए पनि यसमा डिस्प्ले जुम गर्न सकिने सुविधा छ।

यो सुविधाअनुसार प्रयोगकर्ताले बिना कुनै असर डिस्प्लेमा देखिने कन्टेन्ट जुम गर्न सक्नेछन्। नाइनटुफाइभम्याकका अनुसार आइओएस १४ को बेटा ३ अपडेटमा डिस्प्ले जुम सुविधा राखिएकाले आइफोन एक्स, एक्सएस र आइफोन–११ मा पनि यसको प्रयोग गर्न सकिने छ।

उक्त वेबसाइटको रिपोर्टअनुसार कम्प्याक्ट डिस्प्ले भएको यो मोबाइलको डिस्प्ले रिजोलुसन ९६०/२०७९ पिक्सेल्स हुनेछ। एप्पलले निरन्तर तयारी गरिरहेको आइफोन–१२ सिरिज सेप्टेम्बर ८ मा सार्वजनिक हुने सम्भावना देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close