
गत जून महिनामा जापानी सुपरकम्प्युटर फुगाकुले आफ्ना सबै प्रतिस्पर्धीहरुलाई एकाएक पछि पार्दै विश्वकै शक्तिशाली सुपर कम्प्युटर बन्न सफल भयो । विश्वको शक्तिशाली कम्प्युटेसनल मसिनको अर्ध वार्षिक र्याङ्किङमा यो कम्प्युटर अग्रस्थानमा आयो ।
रिसर्च प्रोजेक्ट टप फाइभ हन्ड्रेड अन्तर्गत सार्वजनिक भएको फुगाकुलाई फुजित्सु कम्पनीले फेडेरल रिकेन रिसर्च ल्याबसँगको सहकार्यमा बनाएको हो । फुगाकुले अमेरिकामा आधारित सुपर कम्प्युटर सम्मेलनको सूचीमा रहेका अन्य कम्प्युटरको तुलनामा एक सेकेण्डमै तीन गुणा ज्यादा काम गर्दछ ।
फुगाकुले प्रति सेकेण्ड कम्प्युटेसनको मामिलामा मात्र र्याङ्किङमा अग्रस्थान हासिल गरेको होइन । सुपर कम्प्युटर मूल्याङ्क हुने अन्य ४ मापदण्डमा पनि यो कम्प्युटर अगाडि आएको थियो ।
रिकेन ल्याबका अनुसार हालसम्म यो स्थानसम्म कुनै पनि कम्प्युटर पुग्न सकेको थिएन । अग्रपंक्तिका सबै कम्प्युटरहरुको कोर फुगाकुमा छ भने कम्प्युटेसनका लागि थेयाेरेटिकल पिक पर्फमेन्स र पावर क्यापासिटी सबैभन्दा उच्च छन् ।
सुपर कम्प्युटरहरु जटिल स्टिमुलेसन सञ्चालन गर्न प्रयोग हुन्छन्, जसमा ठूलो संख्यामा भेरिएबलहरु समावेश भएका हुन्छन् । यसका सामान्य प्रयोगमा आर्थिक तथा मौसमी मोडलिङ, स्नायुप्रणालीको अनुसन्धान र परमाणु विज्ञानहरु पर्दछन् । फुगाकुको मामिलामा भने यो कोरोना भाइरस अनुसन्धानका लागि प्रयोग भएको थियो ।
विश्वका आठ शक्तिशाली सुपर कम्प्युटरको सूचीमा डेल र एनभिदियाको एकएकवटा र आईबीएम मसिनको दुईवटा पर्दछन् । यसबाहेक चिनियाँ सरकारकै दुई चिनियाँ सुपर कम्प्युटर पनि रहेका छन् ।
यस्तै जमर्नको आइटी कम्पनी एटोसले निर्माण गरेको सुपरकम्प्युटर जुवेल्स बूस्टर मोड्युल पनि गत नोभेम्बरमा मात्र शीर्ष ८ को सूचीमा पुगेको थियो ।