यसरी निःशूल्क प्रयोग गर्नुहोस्, गूगल वानको १५ जीबी ब्याकअप

गूगलको क्लाउड स्टोरेज सर्भिस गूगल वानले गूगल अकाउन्ट भएका आईओएस तथा एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई निःशूल्क रुपमा १५ जीबी स्टोरेज ब्याकअप दिने घोषणा गरिसकेको छ ।

यससँगै अब तपाईंले आफ्नो फोनमा भएको सम्पूर्ण डेटालाई गूगलको क्लाउड स्टोरेजमा ब्याकअप गरेर राख्न सक्नुहुन्छ । फोनको डेटा ब्याकअप राखेको खण्डमा तपाईले फोन हराएको वा बिग्रिएको खण्डमा पनि तपाईंको डेटा सुरक्षित रहनेछ र ठूलो घाटा ब्यहोर्न पर्ने छैन ।

त्यसो त गूगल ड्राइभमा १५ जीबी ब्याक अप यस अघिदेखि नै निःशूल्क रुपमा उपलब्ध छ । यो सुविधा प्रयोग गरिरहेका प्रयोगकर्ताले गूगल वानको १५ जीबीबाट समेत अतिरीक्त लाभ उठाउन सक्नेछन् । यदि अहिलेसम्म गूगल ड्राइभको ब्याक अप समेत प्रयोग गर्नुभएको छैन भने, आज हामी त्यसको बारेमा समेत बताउँदै छौं ।

एन्ड्रोइडबाट डेटा ब्याकअप गर्न

एप डेटा, कल हिस्ट्री, कन्ट्याक्ट, सेटिङ वा एसएमएस तथा म्यासेज लगायतका मोबाइलका डेटाहरु ब्याकअप गर्न तपाईंलाई गूगल वानको एप आवश्यकता पर्दैन । तपाईंले एन्ड्रोइड सेटिङ प्रयोग गरी आफ्नो गूगल ड्राइभ स्टोरेजमा यी डेटाहरु सजिलै स्टोर गर्न सक्नुहुन्छ ।

एन्ड्रोइड फोनहरुको ब्राण्ड धेरै किसिमको हुने हुँदा ब्याकअपलाई ईनेबल गर्ने प्रक्रिया पनि फोनअनुसार फरक हुन्छ । यदि तपाईं ह्वावेको मोबाइल प्रयोग गरिरहनुभएको छ भने यसको प्रक्रिया निम्न किसिमको छ ।

  • सबैभन्दा पहिले फोनको सेटिङबाट सिस्टमहुँदै ब्याकअप एण्ड रिस्टोरमा जानुहोस् ।
  • ‘ब्याक अप टू गूगल ड्राइभ’ टोगल अन गर्नुहोस् ।
  • टोगलको मूनी तपाईंले आफ्नो जीमेल अकाउन्ट देख्नुहुनेछ । यदि देख्नु भएन भने आफ्नो जीमेल आईडी राख्नुहोस् । जसमा तपाईंको फोनले आफैं ब्याकअप गर्दछ । यदि तपाईंसँग धेरैवटा गूगल अकाउन्ट छन् भने तपाईंसँग अझ धेरै फ्री स्टोरेज हुन्छ । ती अकाउन्टमध्ये एउटामा गएर तपाईंले ब्याकअप गर्न सक्नुहुन्छ ।
  • त्यसको तलपट्टी तपाईंले अन्तिम पटक कहिले ब्याकअप गर्नुभएको थियो भने चेक गर्न समेत सक्नुहुन्छ । यदि लामो समय भएको छ भने ‘ब्याकअप नाउ’ मा ट्याप गरेर ब्याकअपलाई म्यानुअल्ली सुरु गर्न सक्नुहुन्छ ।

एकपटक तपाईंले एन्ड्रोइडमार्फत गूगल ड्राइभमा ब्याकअप गरिसकेपछि तपाईंले जुनसुकै फोन वा ल्यापटपबाट त्यस्तो डेटालाई डिभाइसमा रिस्टोर गर्न सक्नुहुन्छ ।

यदि तपाईंले फोटो एपमा रहेका तस्वीर तथा भिडियोहरुलाई ब्याकअप गर्न चाहनुहुन्छ भने त्यो पनि सम्भव छ ।

  • यसका लागि सबेभन्दा पहिले ‘गूग फोटोज’ मा ट्याप गर्नुहोस्, जुन ‘फोटो एण्ड भिडियो’ को तलतिर पाउनु हुनेछ ।
  • त्यसपछि ‘ब्याकअप एण्ड सिंक’ टर्न अन गर्नुहोस् ।

गूगलले गूगल फोटोजमा पूर्ण रेजोलुसन सहितको फोटो ब्याकअप गर्न सीमित स्पेस प्रदान गर्दछ । ती फोटोहरुमा सक्कल रेजोलुसन पाउन सकिन्न । ती फोटोहरु कम्प्रेस गरेर साइज घटाइएका हुन्छन् ।

यदि तपाईं ती फोटोहरुलाई सक्कल रेजोलुसनमा पाउन चाहनुहुन्छ भने तपाईंले गूगल वान स्टोरेज प्लानबाट त्यसलाई ब्याकअप गर्नु सक्नुहुनेछ । जुन अहिले पेड प्लान सब्सक्राइब नगरेरै निःशूल्क पाउन सकिन्छ

गूगल वानमा ब्याकअप गर्न

यदि तपाईं एन्ड्रोइड फोन प्रयोग गर्दै हुनुहुन्छ भने गूगल वानको निःशूल्क भर्सनले तपाईंको डिभाइसको डेटाहरु मल्टिमिडिया म्यासेज, फोटो, भिडियो सबैलाई सक्कल रेजोलुसनमा ब्याकअप गरिदिन्छ । यसमा फाइल तथा डेटाहरु कम्प्रेस पनि हुँदैनन् ।

यसका लागि निम्न प्रक्रिया अपनाउनुहोस्
  • सबैभन्दा पहिले यहाँ क्लिक गरी गूगल वान एप इन्स्टल गरी ओपन गर्नुहोस् ।
  • त्यहाँ तपाईंले ‘स्टोरेज एण्ड मोर विथ गूगल वान’ पेज देख्न सक्नुहुन्छ । यदि तपाईको फोनमा यो फिचर हालसम्म रोलआउट भइसकेको छैन भने तपाईंले पेड स्टोरेजमा अपग्रेड हुने अफर देख्नुहुनेछ ।
  • अब ‘सेटअप डेटा ब्याकअप’ बटनमा ट्याप गर्नुहोस् ।

अब तपाईले कुन र कस्तो डेटा गूगल वानमा ब्याकअप गर्ने भन्ने निर्णय गर्नुपर्छ । तपाईंले एकपटक गूगल वानबाट आफ्नो डेटा ब्याकअप गरिसकेपछि एपबाटै त्यसमा एक्सेस पाउन सक्नुहुन्छ ।

  • सबैभन्दा पहिला एपको स्क्रीनमा रहेको ‘स्टोरेज’ ट्याबलाई सेलेक्ट गर्नुहोस् ।

त्यहाँ निःशूल्क स्टोरेज कति बाँकी छ भनेर तपाईंले देख्न पाउनुहुन्छ । साथै तपाईंले कति स्टोरेज केका लागि प्रयोग गर्नुभएको छ भनेर पनि थाहा पाउन सक्नुहुन्छ ।

  • आफ्नो पछिल्लो ब्याकअपको बारेमा थाहा पाउन तलतिर स्क्रोल गर्नुहोस् । यदि तपाईं तत्कालै अर्को ब्याकअप गर्न चाहनुहुन्छ भने ‘ब्याकअप नाउ’ मा क्लिक गर्नुहोस् ।
  • यदि तपाईं पछिल्लो ब्याकअपबाट डेटालाई रिस्टोर गर्न चाहनुहुन्छ भने ‘गेट ब्याकअप’ मा ट्याप गर्नुहोस् ।
  • कुन डेटा रिस्टोर गर्न चाहनुहुन्छ, चयन गर्नुहोस् ।

यदि तपाईं गूगल कम्पनीको पेड योजना अन्तर्गत हुनुहुन्छ भने तपाईंले १.९९ डलरमा सय जीबीको क्लाउड स्टोरेज खरिद गर्न सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close