पहिलो खेलमा इङ्ल्यान्ड ६ विकेटले विजयी

घरेलु टोली इङ्ल्यान्ड तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा ६ विकेटले विजयी भएको छ । आयरल्यान्डले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य पछ्याएको इङ्ल्यान्डले २७ दशमलब ५ ओभरमा मात्र ४ विकेट गुमाएर उक्त लक्ष्य भेट्टाएको हो ।

साउथह्यामटनमा भएको खेलमा घरेलु टोलिको जितका लागि साम विलिङस अर्धशतकीय पारी खेले । उनले ५४ बलमा ११ चौका प्रहार गर्दै ६३ रनको अर्धशतकीय पारी खेलेका हुन् ।

त्यस्तै कप्तान इयोन मोर्गन ३६ रनमा अविजित रहे । उनले ४० बलमा चार चौका र दुई छक्का प्रहार गरे । जेम्स भिन्सले २१ बलमा पाँच चाैकासहित २५ र जेसन रोएले २२ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान दिए ।

आयरल्याणन्डका लागि क्रेग योङले दुई विकेट लिए । त्यस्तै एन्डि म्याकब्रिने र कुर्टिस क्याम्पेरले समान एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको तिम्तो पाएको आयरल्यान्डले ४४ दशमलब ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ७२ रनमा समेटिएको थियो ।
खराब सुरुवात गरेको आयरल्यान्डका लागि तल्लो क्रमका ब्याट्सम्यानले पारी उकास्ने प्रयास गरेका थिए ।
७९ रनमा ७ विकेट गुमाएको आयरल्यान्डको आठौं विकेटका लागि कुर्टिस क्याम्पेर र एण्डी म्याकब्रिनेले ६६ रनको साझेदारी गरे । क्याम्पेर ११८ बलको सामना गर्दै चार चौका सहित ५९ रनको अविजित अर्धसतकिय पारी खेले ।

म्याकब्रिनेले ४८ बलमा तीन च्सुका र एक छक्का सहित ४० रन जोडे । त्यस्तै गारेथ डिलनी र केभिन ओब्रायनले समान २२-२२ रन जोड्दा क्रेग योङले ११ रनको योगदान दिएका थिए । अन्यले ब्याट्सम्यानले भने दोहोरो अंकमा रन सुन सकेनन् ।

आयरल्यान्डलाई सस्तैमा समेट्न इङ्ल्यान्डका डेभिड विल्लीले ५ विकेट लिए । त्यस्तै साकिब मसुदले २, टम कुरान र आदिल रसिदले एक एक विकेट लिए । यससँगै इङ्ल्यान्ड तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल अब शनिबार हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close