गुगलले समुन्द्रभित्र केबल नेटवर्क बिछ्याउने

गुगलले संयुक्त राज्य अमेरिका , संयुक्त अधिराज्य र स्पेनलाई जोड्न समुन्द्रमुनिबाट नयाँ नेटवर्क केवुल बिछ्याउने योजना बनाएको सार्वजनिक घोषणा गरेको छ । विश्वकै विशाल प्रविधि कम्पनी गूगलले केवल भित्र नयाँ प्रविधि जडान गरिने अहिले कायम रहेका पुराना लाइनमा पनि राम्ररी अद्यावधिक गरेर लाने जनाएको छ ।

यो परियाजना आगमी सन् २०२२ मा पूरा गर्ने अपेक्षा गरिएको छ । गूगलको अनुमानित योजना अनुसार विश्वव्यापि संचार पूर्वाधारका लागि पानी मुनिका डाटा केवुल निकै महत्वपूर्ण रहने तथा त्यसमा विश्वको करिव ९८ प्रतिशत डाटा समेटिने छ ।

प्रयाशः संचार कम्पनीहरुले केवुल निमार्ण गर्ने गर्दछ । पछि तिनीहरले अन्य आवश्यक कम्पनीलाई शुल्क लिएर त्यसलाई प्रयोग गर्न दिन्छन् । एकजना अमेरिकी बैज्ञानिक तथा नौसैनिक एडमिरलको नाममा राखिएको पछिल्लो केवल ‘ ग्रास हपर ’ कोर्नवालको ब्युड स्थित वेलायतको संजालसंग जोडिने छ । यो गूगलको आफ्नै स्वामित्वमा रहेको समुन्द्रभित्रको चौंथो केवुल हुने छ ।

टेलिकम विशलेषक आइडिसीका अधिकारी जोह्न डिलानीका अनुसार आफैंले केवुल बनाउँदा डाटा सेन्टर नजिक आफुलाई पायक पर्ने किसिमले केवुल मार्ग छान्न सकिन्छ भने अपरेससनल खर्च पनि कम हुन्छ । गूगलको समुन्द्रमुनिको केवुल निर्माण परियोजनाको जिम्मेवारी लिएका जेने स्टोवेलले बिबिसीलाई भनेका छन् , ‘ अहिले भरपर्दाे इन्टरनेट कनेक्सनको माग सबैको हो ।

अन्य स्थानबाट लगिँदा नेटवर्क पटक पटक विच्छेड हुन गर्दछ तर समुन्द्रको आठ हजार मिटर गहिराईबाट लगिँदा कुनै पनि समस्या सहज ढंगले छोटो समयमै मर्मत गर्न सकिन्छ । ’ यस्तो प्रकारको पहिलो ट्रान्सएटलान्टिक टेलिकम्युनिकेसन्स मार्फत सन् १८५८ मा टेलिग्राफले वेलायत र अमेरिकालाई जोडेको थियो । अहिले नै विश्वका महादेशहरु बिच करिव ७ सला ५० हजार माइल लामो केवल नेटवर्क सक्रिय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close