तर्साउने खालको टिकटकको भिडियो इन्टरनेट को नयाँ सेन्सेसन बन्दै

पक्कै पनि धेरैजसो मानिसले टिकटकलाई एक मनोरञ्जनात्मक एपको रुपमा लिने गर्दछन् । यो एपमा हामीले टिकटककरहरुलाई नाँच्नै गाउने, लीप–सीन्क गर्ने आदि कुराहरु   धेरैजसो देख्ने गर्छौँ , तर सन २०१९ देखि त्रास पैदा गर्ने भिडियोहरुले इन्टरनेटमा अझै धेरै मार्केट ओगटेको पाइएको छ । भिडियोमा त्रास पैदा गर्ने खालको विषय राखिएको हुन्छ ।

त्यो टिकटकको हरर् साइड बन्दै गइरहेको छ । रमाइलो र हासँउठ्दो भिडियो हेर्ने एपमा एक्कासि डरलाग्दो भिडियो देखाउँदा , दर्शकहरु पनि आकषर््िात हुन्छन् ।
भिडियोमा एक व्यक्तिले आपनो अध्ँयारो र खाली घर देखाउँछन् र क्यापसनमा आपनो घरको वरीपरीको क्षेत्रमा निस्किन्छन् र हेर्दै जादाँ अरु घरमा पनि कोही नभएको देखिन्छ र सबैजना एकै रातमा हराएको देखाइन्छ । त्यो व्यक्ति एकदमै आत्तेको जसतो देखिन्छन् ।

“@where_is_everybody “भन्ने अकाउन्ट जहाँ उनको  २४०००० फलोअर्स रहेका छन् । यस्तो खाले कथाको पुरै सिरिज अलेक्जेन्डर निलसेन ले अक्टोबर २०१९ देखिनै हाल्दै आएका छन् । हरेक भिडियोमा देखाइएको ठाउँ खाली रहेर मानिस भने भूत जस्तो छायाँ बनेको देखाइन्छ । तपाँईले थाहै नपाई तपाँई टिकटकको हरर् क्षेत्रमा प्रवेश गरिसक्नु भएको हो । पन्ध्र सेकेन्ड दर्शकमा डर पैदा गर्न एकदमै उचित समय रहने र त्यै पन्ध्र सेकेन्डले दर्शकलाई सस्पेन्समा नै छाड्ने हुँदा यो ट्रेन्ड अझै रोचक बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close