ल्याण्डलाइन बिलको जानकारी यसरी लिनुहाेस ।

ल्याण्डलाइनको बिलको जानकारी अब यसयमयस बाटै सुर्खेत । अब नेपाल टेलिकमको ल्याण्डलाइनको बिल एसएमएसबाटै चेक गर्न सकिने भएको छ ।

कम्पनीले ग्राहकको सहजतका लागि मोबाइल ब्यालेन्स चेक गरेजत्तिकै सहज रुपमा ल्याण्डलाइनको बिलको जानकारी लिन सकिने बनाएको हो । कम्पनीका अनुसार ल्याण्डलाइनको बिलको जानकारी लिन अंग्रेजी ठूलो अक्षरमा सीबी टाइप गरी एरिया कोड सहितको ल्याण्डलाइन नम्बर राखेर (उदाहरणको लागि CB083520063) १४१५ मा एसएमएस पठाउनुपर्नेछ । यति गरेसँगै तपाईंको ल्याण्डलाइनको ड्यू अमाउण्ट र क्रेडिट लिमिटको जानकारी तुरुन्तै एसएमएसकै रुपमा तपाईंको मोबाइलमा प्राप्त हुनेछ ।

यस अघि बिल अनलाइन बाट तिर्न सकिय पनि अायकाे कुल बिलकाे रकम कार्यालयसम्म पुगेर वा अलि झण्झटिलो तरिका बाट ल्याण्डलाइनको बिलको जानकारी लिनुपर्ने अवस्था रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close