मौसम खुलेकै हो ? मौसमविद् भन्छन्- दिउँसाेबाट फेरि वर्षा हुन्छ

काठमाडौं- आइतबारदेखि लगातार परेको वर्षा रोकिएसँगै खुलेको मौसम आज (बुधबार) अपराह्नबाट पुनः बद्लिने भएको छ ।

अपराह्नबाट काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसमविद् विभुति पोखरेलले नेपाल समयलाई जानकारी दिइन् ।

उनका अनुसार हिजो अस्ति (मंगलबार, सोमबार, आइतबार) को जस्तो दिनैभर वर्षा हुने र धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना भने छैन । यद्यपी सतर्कता भने अपनाउनु पर्ने उनले बताइन् ।

आगामी तीन दिन धेरै स्थानमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेश र प्रदेश ५ मा हल्का वर्षा भइराखेको छ ।

महाशाखाका अनुसार आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ । उक्त क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अपिल गरेको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

साउन ७ गते (बुधबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।

साउन ८ गते (बिहीबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

राति: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

साउन ९ गते (शुक्रबार)

दिउँसोः देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना छ।

राती : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close