
प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्तला खान सल्लाघारी जाँदा पद नपाइने टिप्पणी गरेका छन् ।
उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई इंगित गर्दै पद चाहिने भए बैठकमा आउनुपर्ने समेत बताए ।
उनले भने, माथिका नेताहरुलाई मात्र पद र कुर्सी चाहिएको छ। पद चाहिएको भए बैठकमा पो आउनुपर्छ त। सुन्तला खान सल्लाघारी गएर हुन्छ ?
उनले बैठकमा उपस्थित नभएकाहरूले एउटा भेला गरेको र अर्कोथरीले अर्को नारा लगाएको समेत बताए ।