सुवेदीको रे रेसम बजारमा (भिडियो सहित)

सर्जक एवम गायक मिलन सुवेदीको रे रेसम बजारमा आएको छ । मिलन सुवेदी र ज्ञान बहादुर नेपालीको शब्द तथा पुरन सिंह विष्टको लयमा रहेको गीतमा मिलन सुवेदी र करिश्मा घर्ती मगरको स्वर रहेको छ ।
वरिष्ट नृत्य निर्देशक कुलमान नेपाली, मिलन सुवेदी र गणेश वस्नेतको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा इन्द्र नेपाली, सपना मगर, कमला पौडेल र सन्तोष सुनारको अभियन रहेको छ । क्रियटिभ मिडिया एण्ड रिसर्च सेन्टरले उत्पादन गरेको म्युजिक भिडियोमा हेमन्त कंडेलको छायांकन रहेको छ भने मानबहादुर वलीको सम्पादन रहेको छ ।
गुराँस गाउँपालिकाका विभिन्न क्षेत्रमा छायांकन गरिएको गीतमा माया प्रेमको कथा देखाइएको छ । सुवेदीका एक दर्जन धेरै गीतहरु बजारमा आइ सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close