भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार २४ घण्टामा ३८ हजार ७ सय ७२ संक्रमित थपिएका हुन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ९४ लाख ३१ हजार ६ सय ९२ पुगेको छ।
यस्तै, २४ घण्टामा ४ सय ४३ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ३७ हजार १ सय ३९ जनाको मृत्यु भइसकेको छ। हाल भारतमा सक्रिय संक्रमितको संख्या ४ लाख ४६ हजार ९ सय ५२ छ भने ८८ लाख ४७ हजार ६ सय निको भइसकेका छन्।