सुर्खेतमा एक सय बढि सरकारी नम्मर प्लेटका सवारीसाधन नियन्त्रणमा

सुर्खेत १६, पुस ।
शुक्रवार ललितपुरको बालकुमारीमा प्रहरीसँगको झडपमा दैलेख र अछामका दुई युवाको मृत्यु भएपछि विरोधमा उत्रिएका आफन्तहरुले सुर्खेतमा १ सय बढि सरकारी सवारी साधन नियन्त्रणमा लिएका छन् । युवा विद्रोह नाम दिएर पछिल्लो तीन दिन यता प्रदर्शन गर्दै आएका आफन्तहरुले शनिबारदेखि सरकारी सवारी साधन संचालनमा रोक लगाएका थिए ।
हिजो सार्वजनिक विदाको दिन भएकाले सरकारी सवारीसाधन सडकमा निस्किएका थिएनन । तर विहानैबाट वीरेन्द्रनगरको मंगलगढी, एरिचोक लगायतबाट दुई पांग्रे ९८ वटा र चारपांग्रे १६ गरी १ सय १४ सरकारी साधनलाई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाएका थिए ।
यस्तै गृहमन्त्री र भौतिकमन्त्रीको राजिनामा माग गर्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रर्दशनकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको पुतला जलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close