मन्त्री ज्वालाद्धारा सल्यानका दशवटै तहलाई थर्मल गन प्रदान

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सल्यानका दशवटै स्थानीय तहलाई आइ आर थर्ममिटर (थर्मल गन) हस्तान्तरण गरेका छन् ।
विदेश तथा अन्तर जिल्लाबाट आएका नागरिकहरुको ज्वरो नाप्न दश वटै स्थानीय तहलाई एक एक वटा थर्मल गन हस्तान्तरण गरेका हुन ।

आफ्नै व्यक्तिगत लगानीमा जिल्लाका दश वटै पालिकामा एक एक सेट थर्मल गन प्रदान गरिएको मन्त्री ज्वालाको भनाई छ । कोरोना भाइरसबाट बच्न र बचाउन सबैको जिम्मेवारी बराबर भएको भन्दै उनले कोरोनाको लक्षणको रुपमा ज्वरो पहिले देखिने भएकाले सबै पालिकामा थर्मल गन प्रदान गरेको बताए ।

यस अघि पनि मन्त्री ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार भीम प्रकाश शर्माले जिल्लाका पालिकाहरुलाई पीपिई सेट लगायतका स्वास्थ्य सामाग्री हस्तान्त्ररण  गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close