भेरीमा कोरोना परीक्षण गराउँदा २२ सय शुल्क

भेरी अस्पताल नेपालगन्जले स–शुल्क कोरोना परीक्षण गराउन चाहने व्यक्तिका लागि दुई हजार दुई सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । भेरी अस्पताल विकास समितिको बिहीबार बसेको बैठकले स्वेच्छाले कोरोना परीक्षण गर्न आउने व्यक्तिका लागि शुल्क तोकेको हो ।

समितिका अध्यक्ष प्रमोदकुमार धितालले एक सूचना जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आपतकालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त निर्देशन र अस्पताल विकास समितिको निर्णय अनुसार निर्देशिकाले तोकेभन्दा बाहेकका स्वेच्छाले कोरोना परीक्षण गराउन चाहने व्यक्तिबाट प्रति जाँच दुई हजार दुई सउ मात्र लिने निर्णय गरिएको उल्लेख छ ।

सरकारले नीजि क्षेत्रका प्रयोगशालाहरुलाई भने पाँच हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । यो रकममा पनि १० प्रतिशतसम्म सेवा शुल्क थपेर नीजि प्रयोगशालाले शुल्क लिन पाउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close