ओलम्पिक छनोटमा नेपालले आज भियतनामसँग खेल्दै

पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपालले आज भियतनामको सामना गर्दैछ । नेपाल र भियतनामबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।

फिफा वरीयतामा आफूभन्दा माथि रहेको भियतनामविरुद्ध नेपाल घरेलु मैदानमा जित निकाल्न चाहन्छ । फिफा वरीयतामा भियतनाम ३३ औँ र नेपाल १०० औँ स्थानमा छ । भियतनामले २०२३ को महिला विश्वकप खेल्दैछ ।

पहिलो चरणको छनोटको समूह ‘सी’ मा नेपाल र भियतनामले मात्र खेल्न लागेका हुन् । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेका छन् । नेपालले दोस्रो खेलमा भियतनामसँग नै शनिबार प्रतिस्पर्धा गर्ने तालिका छ । छनोटको शीर्ष टोलीले दोस्रो चरणमा स्थान बनाउने छन् ।

नेपाली राष्ट्रिय टिमका गोलकिपर तथा कप्तान एन्जिला तुम्बापो सुब्बाले भियतनाम वरीयतामा माथि भए पनि आफूहरू जित निकाल्न अन्तिमसम्म प्रतिस्पर्धा गर्ने बताइन् ।

मुख्य प्रशिक्षक अनन्तराज थापाले भियतनाम बलियो टोली भए पनि आफूहरू जित निकाल्दै दोस्रो चरणमा पुग्न पूरा कोसिस गर्ने बताए । भियतनामका मुख्य प्रशिक्षक माई डक चुङले नेपालको टोली राम्रो रहेकाले खेल प्रतिस्पर्धात्मक हुने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close