२५ गतेदेखि जिल्ला प्रशासन कार्यालयका सेवा बन्द

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले साउन २५ गतेबाट सेवा प्रवाह बन्द गर्ने भएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम नघटेको भन्दै सेवा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी पदमलाल लामिछानेले बताए ।

‘बुधबार बसेको जिल्ला विपद केन्द्रको बैठकले सार्वजनिक स्थानमा भीडभाड नगर्ने निर्णय गरेपनि प्रशासनमा सेवाग्राहीको अत्यधिक भिडका कारण संक्रमण फैलिने सम्भावना भएकोले यस्तो निर्णय गरिएकोहा,’ सुचना अधिकारी लामिछानेले भने, ‘अर्को सुचना जारी नभएसम्मका लागि सेवा प्रवाह बन्द गर्न लागिएको हो ।’

२५ गतेदेखि नागरिकता वितरण, राहदानी सिफारिस, संघसंस्था दर्ता तथा नविकरण र लगायतका सेवा प्रवाह बन्द गरिने सुचना अधिकारी लामिछानेको भनाई छ ।

मेला र जमघटमा रोक

जिल्ला प्रशासन कार्यालयले मानिसहरू जमघट हुने गरी कुनै पनि कार्यक्रम नगर्न निर्देश्न दिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले जमघट हुने गरी कुनै पनि सभा, गोष्ठी, सेमिनार, तालिम, जुुलुस, जात्रा, महोत्सव र धार्मिक कार्यक्रम गर्न रोक लगाएको हो ।

अर्को निर्णय नहुुँदासम्मका लागि यस्ता गतिविधिमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।

चाडपर्वहरू पनि नजिकिँदै गएकाले गाइजात्रालगायतका जात्रा लाग्ने र विभिन्न विरोधका नाममा प्रदर्शनहरू हुँदा भिडभाड बढ्ने भन्दै समितिले यस्ता गतिविधिमा रोक लगाएको प्रजिअ रेग्मीको भनाइ छ ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close