वडाअध्यक्षको सम्पर्कमा रहेका १९ जना कोरोना संक्रमित

रौतहटमा एक वडा अध्यक्षको सम्पर्कमा रहेका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको राजदेवी नगरपालिकाका कोरोना संक्रमित वडाध्यक्षको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। कटहरियामा समुदायका मानिसमा संक्रमण पुष्टि भएपछि १ सय ५७ जनाको स्वाब संकलन गरिएको थियो ।

गत ११ गते संक्रमण पुष्टि भएका वडाध्यक्षको सम्पर्कमा आएका १ सय ४४ जनाको स्वाब परीक्षण गरिएको थियो । सोमध्ये  सोमबार १९ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताए । संक्रमित हुनेमा राजदेवी नगरपालिका–४ बसतपुरका १४ जना र अन्य वडाका ५ जना छन् । यसअघि उनको सम्पर्कमा आएका १७ जनाको पीसीआर परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

काठमाडौं जानका लागि भन्दै साउन ११ गते पीसीआर परीक्षण गराउँदा वडाध्यक्षमा संक्रमण पुष्टि भएको थियो । कटहरियामा व्यापारी,पत्रकार ,जनप्रतिनिधि लगायत १ सय ५७ जनाको स्वाब संकलन गरि जाँचको लागि हेटौंडा पठाएकोमा आइतबार १ सय २७ जनाको रिपोर्ट आएको र ३० जनाको रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close