वीरेन्द्रनगरमा बन्ने ‘चौघान मनोरन्जन पार्क’ नेपालकै नमुुना (भिडियाे सहित)

धर्मराज आचार्य

सुर्खेत, १७ असोज । सुर्खेतमा अत्याधुनिक भौतिक पूर्वाधार सहितको चौघान पार्क निर्माणको पहिलो चरणको काम शूरु भएको छ । वीरेन्द्रनगर ६ घण्टाघरको पश्चिम र सामाजिक विकास मन्त्रालयको दक्षिण तर्फको करिव ५५ रोपनी नगर विकासको जग्गामा पार्क बन्न थालेको हो ।

पार्क निर्माणको पहिलो चरण अन्तरगत पर्खाल लगाउने काम शुरु भएको डिभिजन वन अधिकृत गोविन्द प्रसाद दाहालले बताउनुभयो । उहाँका अनुसार पार्क बन्ने क्षेत्र कम्पाण्डका लागि १ करोड ७० लाखमा टेण्डर भइ काम शुरु भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना अनुसार पार्क निर्माणको काम शूरु भएको हो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको करिव २ करोड २० लाखको लागतमा निर्माण हुन लागेको कम्पाण्डवालको ठेक्का मजदुर कन्ट्रक्सनले लिएको छ । वहुवर्षिय योजना भएकाले तत्काल कम्पाण्डवाल र गेट निर्माणको काम शूरु भएको छ ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।

वीरेन्द्रनगरको पुरानो नाम ‘चौघान’ भएकाले परम्परागत पहिचान सहितको नाममा पार्क निर्माण गर्न लागिएको उपत्यका नगरविकास समितिका निवर्तमान अध्यक्ष नारायण कोइरालाले बताउनुभयो । उहाँका अनुसार वीरेन्द्रनगरको परम्परागत पहिचान झल्किने गरी बढ्दो शहरीकरणका कारण मानव जीवनमा पारेको असर कम गर्ने गरी पार्क निर्माण गर्न थालिएको हो ।

पार्क कस्तो हुनेछ ।

डिजाइनः पल्लवी सिंह, आर्किटेक्ट

बढ्दो शहरीकरणको आवश्यकता हेरी खुला क्षेत्रमा नमुना पार्क निर्माणको डिजाइन गरिएको हो । यो नेपालकै पहिलो म्युजिकल फाण्डेड पार्क हुने पार्कको डिजाइनर आर्किटेक्ट पल्लवी सिंहले बताउनुभयो ।
उहाँका अनुसार यस्तो डिजाइनको पार्क नेपालमा पहिलोपटक बन्न लागेको हो । ‘पार्क बन्ने स्थान वरपर घर खासै नभएकाले यो ठाउँ निकै उपयुक्त छ,’ उहाँका अनुसार, ‘प्रदेश र स्थानीय सरकारको राजस्व उत्पादनको मुख्य स्रोत हुन सक्छ ।’ उहाँले पार्क जति छिटो बन्यो त्यति नै यहाँका स्थानीयले रोजगारी पाउने र आर्थिक गतिविधि बढ्ने बताउनुभयो ।

डिजाइनः पल्लवी सिंह, आर्किटेक्ट

पार्कको गार्डेन वरपर पानीको व्यवस्था हुनेछ । फूल, वनस्पति बगैंचा, पानीका फोहोरा, हिँड्ने बाटो, सांगीतिक क्षेत्र, शिवलिंग, लगायत आकर्षणका केन्द्र पार्कमा हुनेछन् । म्युजिकको तालमा पानी चल्ने र त्यसमा बल्ले विभिन्न लाइटले जो कोहिलाई पनि आकर्षण गर्ने छ । यहाँ कर्णाली प्रदेशकै प्राचीन कला संस्कृति झल्कने गरी म्युजिक बज्ने छ । म्युजिककै सुर ताल अनुसार पानी चल्ने छ । थारु कला सस्कृति झल्कने कलाकृतिलाई पनि पार्कमा समावेश गरिने छ । नेपाली पञ्चेबाजा, नर्सिङ जस्ता यस क्षेत्रकै कला सस्कृति यसको आकर्षणको केन्द्र बन्ने छ । यो बालबालीका, युवा र वृद्धि सवै उमेर समुहका लागि निकै लोकप्रिर्य हुनेछ । यहाँ मोर्निङ वाक र इभिनिङ वाक गर्न मिल्ने छ । यहाँ स्टील वाटर पनि बग्ने छ । जसमा भेरीको वालुवा प्रयोग गर्न सकिने छ ।

पार्कको डिजाइनर आर्किटेक्ट पल्लवी सिंहले तत्कालिन नगर विकास समितिका अध्यक्ष नारायण कोइराला र वीरेन्द्रनगर गनरपालिकाका मेयर देवकुमार सुवेदीलाई डिजाइन हस्तान्तरण गर्दै ।

यो नेपाली आर्किटेक्ट इन्जिनियरले डिजाइन गरेको नेपालकै अन्तराष्ट्रिय पर्यटकलाई समेत आकर्षण गर्ने पार्क हो । पार्कमा म्युजिकको तालमा डान्सिङ वाटर बग्ने छ र यहाँ घुम्न आउनेले पानीको फोहोरा मुनी मजाले घुम्न पाउने छन् ।

उपत्यका नगर विकास समितिले बनाएको गुरु योजना अनुसार पार्क बन्न करिव २१ करोड लाग्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close