आमाका जादुमय हातको प्रशिक्षक प्रशिक्षण सम्पन्न

सुर्खेतको वीरेन्द्रनगरमा व्यक्तिगत सरसफाइमा व्यवहार परिवर्तनका लागि आमाका जादुमय हातहरु (एमएमएच च्याम्पियन) लाई तालिम सम्पन्न गरिएको छ । व्यक्तिगत सरसफाइका कारण कोरोना भाइरस जस्ता सरुवा रोगहरुबाट बच्चका लागि आमाका जादुमय हातका प्रशिक्षकलाई तालिम सम्पन्न भएको हो ।
अक्सफामको आर्थिक सहयोग तथा वातावरण सुधार समाजको आयोजनामा वीरेन्द्रनगरका ८ वटा वडामा कार्यक्रम कार्यन्वयनका लागि छनौट भएका प्रशिक्षकलाई २ दिने तालिम दिइएको थियो । समुदाय स्तरमा सरसफाइमा व्यवहार परिवर्तन गरी कोरोना भाइरस जस्ता संक्रमणजन्य सरुवा रोगबाट बच्न तथा रक्षात्मक विधि अपनाउन पशिक्षकका लागि तालिम आयोजना गरिएको स्वच्छताका लागि व्यवहार परिवर्तन कार्यक्रमका कार्यक्रम संयोजक हिमाल राजीले बताए । संयोजक राजीका अनुसार तट तालिम प्राप्त गरेका प्रशिक्षकले वीरेन्द्रनगर नगरपालिकाका ८ वटा वडाका करिव ३ हजार घरपरिवारलाई सरसफाइमा व्यवहार परिवर्तन बारे तालिम दिइने छ ।

कार्यक्रममा अक्सफामकी पाविधिक संयोजक राधा सुवेदीले भचीवल विधिबाट सहभागिलाई प्रशिक्षण दिएकी थिइन भने कार्यक्रमको सहजीकरण वातावरण सुधार समाजका कार्यक्रम संयोजक हिमाल राजी र जनस्वास्थ्य प्रवद्र्धक अधिकृत मञ्जु थापाले दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close