बाँकेमा चार दिनमा थपिए १४५ जना कोरोना संक्रमित

नेपालगञ्ज : बाँकेमा कोरोेना भाइरस संक्रमण तीव्र रुपमा फैलँदै गएको छ। पछिल्लो २४ घण्टामा थप ४८ जनामा संक्रमण देखिएको छ। पछिल्ला चार दिनमा १४५ जनामा कोरोना संक्रमण देखिएपछि शहरी क्षेत्र सिल गरिएको छ।

संक्रमण तीव्र गतिमा फैलिएपछि साउन १८ देखि लगाइएको निषेधाज्ञालाई थप तीन दिन बढाएर २७ गतेसम्म प¥याइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए।

प्रहरी कार्यालयमा कार्यरत ३६ जना प्रहरीमा संक्रमण देखिएको छ। त्यसै गरी नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरेर १३ जनामा संक्रमण देखिएको छ। आन्तरिक राजस्व कार्यालयमा १२, जिल्ला अदालतमा सात, कारागार, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच, नेपाली सेनाको कौशिल्या नगर ब्यारेकमा नौ, कारागार शाखा बाँकेका छजना कैदीबन्दीमा पनि संक्रमण देखिएको छ।

बाँकेमा ६४४  जना संक्रमितको पहिचान भएको छ। पहिचान भएका संक्रमितमध्ये २१४ जनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको छ । २ जनाको मृत्यु भएको र ४१ जना निको भएर घर फर्किसकेका छन्।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close