धरानमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित २५ वर्षीय युवकको मृत्यु भएको छ।

सिरहा निवासी उनको प्रतिष्ठानमा उपचारका क्रममा बिहीबार राति १०ः४५ मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।

मिर्गौलाका बिरामी ती युवकले नियमित हप्तामा २ पटक डाइलासिस गराइरहेका थिए। उनको साउन १९ गते स्वाब संकलन गरिएको थियो भने साउन २२ गते कोरोना पोजेटिभ आएको थियो।

कोरोना संक्रमण पृष्टि भएकोले जनकपुर अस्पतालले बिहीबार उनलाई धरानस्थित प्रतिष्ठानमा डाइलाइसिसको लागि रिफर गरिदिएको थियो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close