नेकपा बिभाजनः पार्टी एकता जोगाउँने अभियानमा उपाध्यक्ष गौतम

प्रतिनिधिसभा विघटनसंगै दुई समुहमा विभाजित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी एकता जोगाउँने अभियानमा उपाध्यक्ष वामदेव गौतम लागेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको संसद विघटन गर्ने प्रस्तावको बिरोधमा रहेका उपाध्यक्ष गौतम शुरुमा नेकपामा अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुह नजिक थिए । तर पछिल्लो समय ओली र दाहाल–नेपाल समुहमा नलागेका उपाध्यक्ष अहिले पनि पार्टी एकताकै पक्षमा अडिग भएर उभिएका छन् ।

अगामी साता पार्टी एकताका लागि दबाब समुह घोषणा गर्ने तयारी गरेका उपाध्यक्ष गौतम अहिले दुबै पक्षसंग समानान्तर रुपमा छलफल गरिरहेका छन् । प्रधानन्त्री ओलीका साथै नेकपा अध्यक्षद्धय दाहाल र नेपालसंग उनी निरन्तर छलफल गर्दै पार्टी एकताका लागि जोड गरिरहेको स्रोतले जनाएको छ ।

शुक्रबार बिहान नेकपा अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमका बीचमा पार्टी एकताका पक्षमा छलफल भएको छ । दाहाल निवास खुमलटारमा भएको छलफलमा पार्टी एकतालाई कसरी कायम गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रीत भई छलफल भएको गौतम निकट स्रोतले जनाएको छ ।

‘शुक्रबार बिहानै दाहाल र गौतमका बीचमा पार्टी एकतालाई कायम गर्ने बिषयमा गम्भिर छलफल भएको छ’ नेकपा स्रोतले भन्यो, ‘दाहाल र गौतम अझै पनि पार्टी एकताकै पक्षमा हुनुहुन्छ, अब गौतमले पार्टी एकताका लागि अभियान सञ्चालन गर्ने निष्कर्षमा पुग्नुभएको छ ।’

पार्टी शिर्ष नेताका बीचमा शक्ति संघर्ष शुरु भएपछि तटस्थ बसेका उपाध्यक्ष गौतम पछिल्लो समय कुनै पनि समुहको बैठकमा सहभागि भएका छैनन् । पछिल्लो समय ओल र दाहाल–नेपाल समुहको बैठक बस्ने, भेला गर्ने र एकले अर्कालाई कारवाही गर्ने, आरोप लगाउँनुका साथै आफू नै आधिकारिक नेकपा रहेका दावी गर्दै आएका बेला उपाध्यक्ष गौतम कुनै पनि समुहको बैठकमा सहभागि भएका छैनन् ।

नेकपा अध्यक्ष दाहालका प्रेस संयोजक बिष्णु सापकोटाका अनुसार अध्यक्ष दाहाल र उपाध्यक्ष गौतमका बीचमा शुक्रबार भेटघाट भएको छ । दाहाल र गौतमका बीचमा भएको छलफलमा पार्टी एकताका बिषयमा पनि छलफल भएको बताईएको छ ।

पार्टी एकता अभियान सञ्चालन गर्ने अभियानमा रहेका उपाध्यक्ष गौतम प्रधानमन्त्री ओलीसंग समेत छलफल गरेका छन् । ओली र दाहाल–नेपाल समुहले आफ्नो समुहको बैठक, भेलामा सहभागि हुन आग्रह गरे पनि उपाध्यक्ष गौतमले उनीहरुको आग्रह अस्वीकार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close