चीनको उभयचर आक्रमण जहाजको सामुद्रिक यात्रा आरम्भ

चीनको पहिलो टाइप ०७५ उभयचर आक्रमण जहाज बुधवार सामुद्रिक भ्रमणमा निस्केको छ ।

यो पहिलो भ्रमणले जहाजको प्रमुख प्रणालीको परीक्षण गर्ने सैन्यविद्हरूले बताए । प्रोपल्सन, नेभिगेसन र कम्युनिकेसनको परीक्षण हुने उनीहरूको भनाइ छ ।

बुधवार शांघाईको हुआङपु नदीमा रहेको हुदोङ झोङहुआ शिपयार्डबाट निस्केको चिनियाँ सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्वीर र भिडियोमा देखिन्छ ।

यो जहाज सन् २०१९ को सेप्टेम्बर २५ मा भव्य समारोहबीच आरम्भ गरिएको थियो ।

जहाज समुद्रतिर गइरहेको हो भने शुभारम्भ तथा प्रथम यात्राको बीचको समय एक वर्षभन्दा कम हो । यसको अर्थ हुन्छ, टाइप ०७५ जहाजको अन्तिम रूप निर्माण कार्य राम्ररी प्रगति गरिरहेको छ ।

पहिलोपटक समुद्रमा भ्रमण गरेको एक वा दुई वर्षमा नयाँ युद्धपोतलाई सैन्य सेवामा लगाइने सैन्य विश्लेषकहरू बताउँछन् । टाइप ०७५ लाई चिनियाँ जनमुक्ति सेनाको जलसेनामा सन् २०२१ वा २०२२ मा समावेश गरिने उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close