कोरोनाभाइरस सिजन परिवर्तनले रोकिन्न ,अर्को लहर आउदै : डब्लूएचओ

जेनेभा-गृष्मकालिन सिजनमा कोरोनाभाइरस आफैं हराएर जाने आशा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले त्यागेको छ । संगठनले विश्वलाई अर्को ठूलो लहरका लागि तयार हुन आग्रह गरेको छ ।
केही अनुमानको विपरित फ्लू आफैं हराएर गए जस्तो न्यानो मौषममा कोरोनाभाइरस नपातलिने संगठनका प्रवक्ता मार्गारेट ह्यारिसले कन्फरेन्स कलको माध्यमबाट रिपोर्टहरुलाई बताईन् ।

एकपछि अर्को गरी आउनुको सट्टा कोरोना भाइरसको संक्रमण उकालो लाग्ने ठूलो लहरको रुपमा आउने चेतावनी ह्यारिसले दिईन् ।
“उत्तम उपाय भनेको यसलाई छल्नु र आफ्नो पाइलामा आउन नदिनु रहेको छ,” उनले बताइन् ।
कतिपय युरोपेली मुलुकहरुले मे महिनादेखि क्वारेन्टाइनको प्रतिबन्ध हटाएका छन् वा क्रमिक रुपमा खुकुलो बनाएका छन् । खोपको आविष्कार नभइसकेको अवस्थामा सरकारहरुले उनीहरुको कोभिड–१९ को जिम्मेवारीलाई घटाउन थालेका छन् । यसले संक्रमणको दोस्रो लहर आउन सक्छ ।
चीन, दक्षिण कोरिया, अमेरिकाका केही राज्यहरु लगायतका देशहरुले संक्रमणको दर फेरी बढेकाले लकडाउनको नीति अंगिकार गर्न बाध्य भएका छन् ।
ह्यारिसले भीडभाडको रुपमा भेला नभएर भाइरसको विस्तार मन्द बनाउनका लागि कलमा आग्रह गरेकि छन् ।
पछिल्ला महिनाहरुमा केही पश्चिमा मुलुकहरुमा ठूलो संख्यामा रंग र जातीभेदी बिरोधी प्रदर्शनहरु भएकाले यसले चुनौतीको सिर्जना गरेको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close