टेलिकमको वेबसाइटबाटै रिजार्ज गर्न सकिने

नेपाल टेलिकमले आफ्नो वेबसाइटलाई परिमार्जन गरेको छ । टेलिकमले आफ्नो नयाँ वेबसाइटमार्फत विभिन्न जानकारी तथा सुविधा प्राप्त गर्न सकिने जनाएको छ ।

वेबसाइटको होमपेजमै राखिएको सेल्फ केयर एकाउन्टको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ । सेल्फ केयर एकाउन्टमार्फत विभिन्न सेवामा रिचार्ज गर्न, ब्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरिद गर्न पनि सकिन्छ । साथै प्याकेज गिफ्ट दिन पनि सकिन्छ ।

रिचार्ज कार्डमा भएको पिन नम्बर प्रयोग गरेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर कम्पनीका विभिन्न सेवामा अनलाइन रिचार्ज पनि वेबसाइटबाटै गर्न सकिने टेलिकमले जनाएको छ । नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाईसीसमेत भर्न सकिन्छ ।

कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्डस् एन्ड फ्यामिली (एफएनएफ) सेवा, नमस्ते क्रेडिट सेवा, मिस्ड कल अलर्ट सेवा, डाटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवा, भ्याल्यु एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टु द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुपजस्ता सेवाको बारेमा जानकारी लिन पनि सकिन्छ ।

त्यसैगरी रिचार्ज कार्डका ६ वटासम्म अंक मेटिएको अवस्थामा पनि वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close