पञ्चपुरीमा १ लाख राशिको भलिबल प्रतियोगिता हुदै

कमल कुमार न्यौपाने
सुर्खेत १ भदाै‌ ।

सुर्खेतको पञ्चपुरी नगरपालिकामा १ लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता यहि भदौ १६ गते देखि बाबियाचौरमा सञ्चालन हुने भएको छ । पञ्चपुरी खेलकुद विकास समितिको आयोजनामा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अबसरमा प्रथम पञ्चपुरी भलिवल कप २०८० हुने भएको हो ।

प्रतियोगितामा सहभागीता जनाउने टिमले भदौ १४ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने समितिका संयोजक कृष्ण रावलले जानकारी दिनुभएको छ । प्रतियोगिताको प्रथम हुने टिमलाइ नगद १ लाख प्रमाणपत्र र ट्रफी, दोस्रो हुनेले नगद ५० हजार प्रमाणपत्र र ट्रफी पुरस्कार दिईने आयोजकले जनाएको छ ।

५ दिन सम्म सञ्चालन हुने भनिएको प्रतियोगिता पञ्चपुरीको बाबियाचौरमा रहेको बिपी रङ्गशालामा हुने भएको छ । यो प्रतियोगिताले भलिबलमा पश्चिम सुर्खेतलाई सक्षम बनाउन यो प्रतियोगिताले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close