बुधबार कुन जिल्लामा कति संक्रमित थपिए?

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र २ सय १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा मोरङका ३ र सुनसरीका १, कोशी अस्पताल विराटनगर प्रयोगशालमा मोरङका ३ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेशिक जनस्वास्थ्य प्रयोगशाल विराटनगरमा मोरङमा २, प्रदेशिक जनस्वास्थ्य प्रयोगशाल जनकपुरमा सप्तरीका १, सलाहीका १, धनुषाका १२, महोतरीका १३ जनामा कोरोना  भेटिएको छ।

नारायणी अस्पताल वीरगञ्ज प्रयोगशालमा पर्साका ३४, राष्ट्रिय प्रयोगशाला टेकुमा भत्तपुरका १, धार्दिङका ७, कपिलवस्तुका २ र काठमाडौंका २ जनामा कोरोजा पृष्टि भएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल प्रयोगशालमा  काठमाडौंका ७ जना, किटजन्य अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला हेटौडामा नवलपरासी पुर्वका २ जना र रौतहटका १ जनामा कोरोना पृष्टि भएको  मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

वीर अस्पताल प्रयोगशाला काठमाडौंबाट काठमाडौंका २, त्रिवि शिक्षण अस्पताल प्रयोगशालमा काठमाडौंका १ जनामा कोरोना भेटिएको छ ।

नेपाल प्रहरी अस्पताल काठमाडौंमा सप्तरीका १, स्टार अस्पताल सानेपामा काठमाडौंका २ र महोतरीका १ जनामा कोरोना भएको छ।

प्रादेशिक क्षयरोग केन्द्र प्रयोशाला पोखरामा बाग्लुङका ७, स्याङजाका २६, म्याग्दीका२, र तनहुका १ जनामा कोरोना देखिएको छ।

सुर्खेत प्रदेशिक अस्पताल प्रयोगशालमा  सुर्खेतका १ , डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा बैतेडीका २, र डोटीका १५ जनामा कोरोना पृष्टि भएको छ।

त्यस्तै सेती प्रादेशिक अस्पताल धनगडीमा डोटीका ३७, कैलालीका ८, कञ्चनपुरका ८ जनामा कोरोना पृष्टि भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार देशभर हाल ५ हजार २ सय ३ जना अस्पतालको आइसोलेसनमा र १४ हजार ४ सय ७१ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close