१० करोडको तरुल

काठमाडाै- आज माघेसङ्क्रान्ति अत्यधिक तरुल खपत हुने दिन। यसका लागि काठमाडौँका बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, घर तरुल, वन तरुल, सिमल तरुल र पानी तरुल भित्रिएको छ। देशकै ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किनबेच गर्नेको भीड लागेको छ।

माघेसङ्क्रान्तिकै अवसर पारेर अत्यधिक बिक्री हुने गरेकाले नेपालमा तरुलको व्यावसायिक खेती पनि सुरु भइसकेको छ। यो वर्ष माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा भित्रिएको तरुल गत वर्षको तुलनामा  महँगिएको छ। उपत्यकाको बजारमा मागभन्दा कम तरुल भित्रिएपछि भाउ महँगिएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका वरिष्ठ योजना अधिकृत विनय श्रेष्ठले यो वर्ष तरुलको आयात बढेसँगै माग पनि बढेकाले बजारमा यसको मूल्य पनि बढेको जानकारी दिनुभयो। उनका अनुसार गत वर्ष माघेसङ्क्रान्तिका लागि एक हजार टन तरुल भित्रिएकोमा यसपटक भने झन्डै एक हजार ५०० टनको हारहारीमा तरुल भित्रिएको छ।

समितिका अनुसार माघेसङ्क्रान्तिका लागि काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै सर्लाहीबाट तरुल भित्रिएको छ भने नवलपरासी, धादिङ, नुवाकोट, काभ्रे लगायतका जिल्लाबाट पनि तरुल आयात भएको छ। नेपालमा माघेसङ्क्रान्तिको आसपासमा बर्सेनि झन्डै १० करोड रुपियाँको तरुलको कारोबार हुने गरेको व्यवसायीले बताएका छन्। आजको गोरखापत्र दैनिकमा समाचार छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close