मिस राई 2018 बिजेता भन्छन् ताज लगे फिर्ता भएन

काठमाडौं । ‘ऊ.. मिस राई आउनुभयो’ भनेर विभिन्न कार्यक्रममा जाँदा यसरी सानका साथ सम्बोधन गरिन्छ । सँगै बसेर सेल्फी पनि । र, फेरी बधाई पनि दिइन्छ आगामी यात्राका लागि । तर, लाजमर्दाे ! त के छ भने त्यसरी बधाई खाने विजेताले अनुहार छोपेर तर्केर हिँड्नुपर्ने बाध्यता छ । सुने पनि नसुनेझैँ गरेर बाध्यताले बधाई खानुछ । अहिले २०१८ का मिस राई विजेताहरु पुर्पुरोमा हात राखेर गुनासो पोख्छन्–कुन दिनमा मिस राई भिड्न गइएछ ।

हो, कयौँ चोटी फोन गरे मिस राई–२०१८ का विजेताहरुले प्रमाणपत्र र पुरस्कारका लागि तर, आयोजक सुवास राई अर्थात् अर्पण राई भनेर चिनिने गुमनाम छन् । सुरु सुरुमा फोन लाग्थ्यो, अचेल लाग्दैन । चाबहिलको मित्रपार्कमा पीपलबोटमा रहेको किरात राई मौलिक संस्कृति केन्द्र पनि बन्द रहेको छ । स्रोतका अनुसार मासिक भाडा ४५ हजार तिर्न नसक्द उक्त कार्यालय बन्द हुन पुगेको हो । १४ जना प्रतिस्पर्धीबाट प्रतिव्यक्ति १५ हजार असुलेर मिस राई प्रतियोगीहरुलाई किरातीहरुको मौलिक पहिचान उजागर गर्ने हेतुले आयोजना गरिएको उक्त कार्यक्रम अहिले बन्द अवस्थामा छ ।

अगुल्टो साप्ताहिकले यस विषयमा पीडितहरुसँग प्रत्यक्ष भेटेर उनीहरुको बोली अघिल्लो अंकमा जस्ताको तस्तै साभार गरिसकेको छ । जहाँ विजेता प्रतियोगीहरुले आफूलाई पुरस्कार त परै जाओस् प्रमाणपत्रसमेत नदिइएको खुल्ला रुपमा बोलेका छन् । अहिले पनि विजेता प्रतियोगीहरुले पटक पटक फोन लगाउँछन् तर, सम्पर्क हुन सक्दैन । विजेता प्रतियोगीहरुबीचमा ठगी मुद्धा चलाउ भन्ने सल्लाह पनि नभएको होइन तर त्यति सानो पुरस्कार र आफ्नै समुदायको किन बेइज्जत गर्नु ? भनेर अहिलेसम्म सहेर बस्नुपरेको छ । तर, आयोजक विजेतालाई दिएको सुन र चाँदीको जलपले बनेको ताज ‘क्राउन’ नै लिएर बेपत्ता छन् ।

मिस राई विजेताहरुको पुरस्कारको विषयमा यसअघि नै हामीले समाचार सम्प्रेषण गरेका छौँ । यो अंकमा विजेता एन्जल राईबाट मर्मत गर्ने भनेर खोसिएको ताजको विषयमा चर्चा गरिनेछ । मिस राई– २०१८ का विजेता एन्जल राई ताज पाउँदाको क्षण सम्झन्छन्, ‘अबको सिढी चढ्ने यात्राहरु भयो ।’ उनको योजना विपरीत भयो । जमलस्थित राष्ट्रिय नाचघरको त्यो दिन ताज पाएपछि यात्राहरु अघि बढेको भन्दै हौसिएका एन्जलका लागि प्रतियोगितामा भिँड्नु लज्जित हुन रहेछ भन्ने लाग्यो । जबकि प्रतियोगिताको मर्म अर्कै थियो । विभिन्न कार्यत्रममा जान्थे, सम्मान पाउँथे । तर, उनी लजाउथिन् ।

ताज खोसियो
मिस राई–२०१८ को विजेता बनेपछि एन्जलले आगामी यात्राहरुलाई मलजलका साथ अघि बढाउने योजना बुनेकी थिइन् । तर, विजेता बनेको एक हप्तापछि आयोजकले ‘ताजचाहिँ मर्मत गर्नुपर्नेछ’ भनेर फिर्ता माग्यो घुमाउँरो शैलीमा । विजेता एन्जलले आयोजकको कुरा पत्याइदिइन् र आफूले भिरेको ताज फुकालेर आयोजकलाई थमाइन् । ताज मर्मत गर्ने मनसायले लगिएको त्यो ताज अहिलेसम्म फिर्ता भएको छैन । जब वर्षाै बित्नै लाग्दा भर्खर एन्जजलाई खोसिएको जस्तो महसुश भएको छ । जब कि आयोजकले केही समयमै ताज फिर्ता गर्ने बाचाका साथ उनीबाट ताज लिएर गएको थियो । तर, अहिलेसम्म त्यो ताज फिर्ता भएन ।

आयोजकले ‘क्राउन भाँचिएको छ । क्राउन मर्मत गरेर चमकमा तेजिलो पनि बनाउँछौँ । अनि फिर्ता गर्छाँै हैँ ।’ भनेर मायालु शब्दहरु उनेर खोसेर लगिएको त्यो ताज कहाँ छ थाहा छैन । बेचेर खाइयो या अझैँ उस्तै छ । ‘चाबहिल मित्रपार्कस्थित कार्यालयभित्र नै मिस राई प्रतियोगीहरुलाई तालिम दिइन्थ्यो, चौँथो तलामा । अहिले कार्यालय बन्द भएको खबर सुनेको छु । कारण थाहा छैन ।’ धरानमा फुड टेक्नोलोजीसम्बन्धि दोस्रो सेमेष्टरमा अध्ययनरत एन्जल विभिन्न कार्यक्रममा जान पनि लाजमर्दाे भएको सुनाउँछन् ।

पाँच महिनामा स्कुटी
मिस राई विजेतालाई क्राउनसँगै डियोको स्कुटी उपहार दिने भनेर घोषणा गरिएको थियो । यसअघिका विजेताहरुलाई मिस राई विजेता घोषणा गरिएकै दिन स्कुटीको चाबी दिइएपनि एन्जललाई डम्मी साँचो थमाइयो । आयोजकले विभिन्न कारणहरु देखाउँदै केही समयमा पुरस्कार दिने बचन दिए प्रहरीमा मुद्धा चलेपछि बल्ल (पाँच महिना बित्नै लाग्दा) साँचो थमायो । आयोजक टोलीले अति नै गरेपछि एन्जलका शुभचिन्तकहरुले प्रहरीसमक्ष उजुरी दिए । प्रहरीमा उजुरी परेपछि आयोजकका दाई किरात विन्द्राले फोन गर्दै भने, ‘त्यसो नगर्नु न । हामी उपहार दिइहाल्छौँ नि ।’

त्यतिबेला एन्जल धरानमै थिए । प्रहरीमा मुद्धा परेपछि बल्ल आयोजकले कपनस्थित एन्जलको परिवारलाई उपहार दियो त दियो तर, क्राउन गायब ! सात वर्षे कोर्षको अध्ययनमा व्यस्त एन्जल भन्छिन्, ‘कार्यक्रममा जाँदा सबैले मिस राई, मिस राई भनेर सम्बोधन गर्नुहुन्छ तर, कार्यक्रममा जानु लाजमर्दाे छ ।’ हलेसी तुवाचुङ नगरपालिका–७ गैरीगुठ खोटाङनिवासी सुवास राई अर्थात् अर्पण राई भनेर कहलिएका उनी एक सफल व्यापारी बन्ने हेतुले छिरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close