सामाजिक दूरी कायम गर्न कलाकार संघको अपिल

पछिल्लो सयम नेपाली गीतको भिडियो छायांकनको क्रम ह्वात्तै बढेको छ । यो छायांकनप्रति नेपाल चलचित्र कलाकार संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

कलाकार संघले बुधबार एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा कोरोना संक्रमण बढेको भन्दै कलाकारहरूलाई ध्यानाकर्षण गराएको छ । पछिल्लो समय म्युजिक भिडियोका छायांकन नेपाली चलचित्रका अभिनेता अभिनेत्रीदेखि कलाकारसम्मको सक्रियता बढेकोप्रति संघका ध्यानकर्षण भएको हो ।

संघले बुधबार जारी गरेको विज्ञप्तिमा यस्ता छायांकनमा कलाकारहरूले सामाजिक दूरी पटक्कै कायम नगरेको नेपाल चलचित्र कलाकार संघले जनाएको छ । कतिपय म्युजिक भिडियाको छायांकनमा कलाकार तथा प्राविधिकहरूको भिड देखिएकाले अबका दिनमा पूर्ण सामाजिक दूरी कामय गर्दैै छायांकन अघि बढाउन पनि संघको अपिल छ । कोरोना कुनै पनि अवस्थामा जोकोहीलाई हुन सक्ने भएकाले कलाकार आफैंले यस्तो बेलामा सचेत हुनुपर्ने संघको सुझाव छ ।

यसैबीच कलाकार संघले विगतमा विभिन्न सेवा प्रदान गर्दै आएको जनाउँदै कुनै पनि समस्यामा आफ्ना संघका सदस्यहरू छन् भने संघमा सम्र्पक राख्न पनि अपिल गरेको छ । कलाकार संघका उपाध्यक्ष मोहन निरौलाले अहिलेको अवस्थामा विशेष काम नभएसम्म घरबाट बाहिर ननिक्लिन पनि कलाकारहरूलाई विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close