ज्यामिरेमा एक वृद्धको हत्या

धनकुटाको महालक्ष्मी ५ ज्यामिरेमा शुक्रबार एक वृद्धको हत्या भएको छ। हत्या हुनेमा स्थानीय ७० वर्षका मानबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ।
हत्या राति नै भएको हुन सक्ने भएपनि प्रहरीलाई बिहान मात्र जानकारी आएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुवँरले जानकारी दिनुभयो। हत्या गरिएका वृद्धको टाउको घटनास्थलबाट एक किलोमिटर टाढा रहेको उहाँले बताउनुभयो। शरिरको अन्य भाग उनको घरैमा रहेको बताइएको छ।
प्रहरी घटनास्थलतर्फ जाँदै गरेकोले विस्तृतमा जानकारी आउन बाँकी छ। घटनास्थल महालक्ष्मी नगरपालिकाको मुकाम जीतपुर बजारबाट ९ र लेगुवा बजारबाट २ किलोमिटरको दुरीमा पर्दछ। महालक्ष्मी नगरपालिका प्रमुख ध्रुव रायका अनुसार अपांगता भएका बस्नेतको घरैमा हत्या भएको हो। घटना भएको थाहा पाएपछि हामी त्यसतर्फ जाँदैछौं, उनले भने, घटनाबारे घटनास्थल पुगेर मात्र विस्तृतमा जानकारी पाउन सकिने अवस्था छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close