‘पाताल दरबार’ के हाे ? (भिडियो सहित)

पछिल्लो समय सुर्खेत लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘पाताल दरबार’ भन्दै वीरेन्द्रनगर गुुप्तिपुर नजिकैको जंगलमा रहेको चुुरे क्षेत्रका अनौठा र आकर्षक आकृति देखिने गरी फोटो र भिडियोहरु सार्वजनिक गरेका छन् । चुरे क्षेत्रमा अत्यधिक बर्षा र गर्मीका कारण बन्ने यस्ता आकृतिले सवैको मन लोभ्याएको छ ।
चुरे भनेको के हो ?
पृथ्वीको सवै भन्दा पछि उत्पति भएको पहाडी श्रृंखला हो । भूगर्भविद्को अध्ययन अनुसार करिब चार करोड वर्षअघि हिमालय उत्पत्तिका क्रममा ग्रेगर र थेगर थुप्रिएर चुरे क्षेत्र निर्माण भएको हो । उत्तरबाट हिउँ पग्लेर बग्दै आउने नदी महाभारत क्षेत्र हुदै अन्तिममा चुरेबाट तराईतिर बग्छन्। त्यसैले पनि यो कमलो ढुङ्गामाटोले बनेको क्षेत्र पर्यावरणीय दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ । चुरेको फेदीमा नदीले बगाएर ल्याएका ढुंगा, गिट्टी, बालुवा र कंकडले बनेको भावर क्षेत्र को समथर भूभाग छ । नेपालको चुरे क्षेत्रले जम्मा जंगलको ७३ प्रतिशत भुभाग ओगटेको छ । विभिन्न सरकारी अभिलेखले सुर्खेतमा चुरेले करिव १३ प्रतिशत क्षेत्र ओगटेको छ ।
चुरे संरक्षणको महत्व के हो ?
चुरेक्षेत्रको ज्यादैनै महत्व रहेको कुरा नकार्न सकिदैन । चुरे श्रृङ्खला र जैविक विविधता दुबै ज्यादै महत्त्वपूर्ण विषयहरू हुन । जैविक विविधता संरक्षण गर्नु भनेको दिगो विकासको अवधारणालाई टेवा दिनु हो । दिगो विकासको अवधारणामा सामाजिक, आर्थिक र जैविक पद्धति बिच सन्तुलन कायम राखिन्छ । चुरे श्रृखला भित्र रहेका समुदायहरुमा जैविक विविधताको महत्वबारे ज्ञानै नभएको भने होइन । यहाँका औषधीमूलक र सुगन्धीत वनस्पतिबाट सरकार, समुदाय र निजीक्षेत्रबाट आफ्नो प्रयोग गरी फाइदा लिएको पाइन्छ । वन्यजन्तु संरक्षणबाट पर्यापर्यटन प्रबर्दन स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुगेको पाइन्छ साथ जलवायु परिवर्तन न्युनीकरणमा जैविक विविधता संरक्षणवाट टेवा पुगेको पाइन्छ ।
भिडियो सामग्री हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close