
सुर्खेत उद्योग वाणिज्य संघले संघीय राजधानीजस्तो शहरमा रात्रिकालीन व्यवसायलाई व्यवस्थित बनाउन जिल्ला पञ्शासनलाई सुझाव दिएको छ ।
नयाँ प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायलाई आइतबार संघमा स्वागत गर्दै आर्थिक मन्दीको मारमा पर्दै गएको व्यापार व्यवसायलाई राज्यले डण्डा लगाएर बन्द गराउँदा झन चौपट हुने अवस्था आएको भन्दै प्रशासनको ध्यानाकर्षण गराएको हो ।
रातिको १० पनि नबज्दै प्रहरीरीले डण्डा तेस्याउँदै होटल रेष्टुरेण्ट बन्द गराउँदा बाहिरी जिल्लाबाट आउने अतिथिहरुले नै गासवासको समस्या झेल्नुपरिरहेको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कंडेललले रात्रिकालीन व्यवसायलाई नियन्त्रण हैन नियमन गर्नुपर्ने बताउनु भयो ।
मादक पदार्थ सेवन गरेर होहल्ला र लडाई झगडा गर्नेहरुलाई नियन्त्रण र निरुत्साहित गर्ने गरी सुरक्षा व्यवस्थापन मिलाउन माग गर्दै उहाँले सेवामुलक व्यवसाय भने निरन्तर संचालन गर्न पाउनुपर्ने बताउनुभयो ।
सुर्खेतमा रहेको विद्युतको समस्या समाधानका लागि एक सय बत्तीस केभीए राष्टिय पञ्शारण लाईन विस्तारमा बाँकेका विभिन्न जिल्लामा उत्पन्न विवाद समाधानमा समन्वयकारी भुमिका निर्वाह गर्नपनि उहाँले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।
कर्यक्रमका सहभागीले लागु औषधको दुव्र्यसनीले विभिन्न सामाजिक समस्या उत्पन्न गरेको र त्यसैका कारण पसल व्यवसायमा चोरीका घटना बढेको भन्दै सुरक्षाका लागि ध्यानाकर्षण गराए ।
व्यवसायीका गुनासा सुनेपछि प्रमुख जिल्ला अधिकारी उपाध्यायले आफुपनि लामो समय अर्थमन्त्रालयमा बसेर काम गरेको उल्लेख गर्दै अर्थतन्त्रमा परेका असरबारे आफु जानकार रहेको बताउनुभयो ।
अहिले व्यापार व्यवसाय धराशायी हुने अवस्थामा छन भन्ने कुरा मैलेपनि बुझेको छु । उहाँले आफ्नो कार्यक्षेत्रको दायरामा बसेर गर्नसक्नेजत्तिको सकारात्मक प्रयत्न गर्ने बताउनु भयो ।
उहाँले आफु स्थानीय भएको बताउदै सुर्खेतलाई अपराधमुक्त तथा सुरक्षित वातावरणमा नागरिककलाई बाँच्ने र व्यापार व्यवसाय गर्ने स्थिति सिर्जना गर्ने पहिलो प्राथकिकता रहेको बताउनु भयो ।




