किशोर किशोरी क्लबहरूले विवाहको उमेर हद १८ मा झार्न नहुने माग गर्दै ज्ञापनपत्र बुझाए

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेर हद १८ वर्षमा झार्न सुझाव दिएको विषयमा सुर्खेतका किशोर किशोरी क्लबहरूले आवाज उठाउँदै सम्बन्धित वडा मार्फत सुझाव दिन थालेका छन्।

आवाज सुर्खेतद्वारा संचालित बाल विवाह रोकथाम तथा व्यवस्थापनका लागि बालिकाको नेतृत्व परियोजनाले वीरेन्द्रनगर वडा नं. २ मा गठन भएका  ५ वटा किशोर किशोरी क्लबका प्रतिनिधीहरूले विवाहको उमेर हद १८ मा झार्न नहुने सुझाव सहित वडाध्यक्ष गजबहादुर बुढा मार्फत ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, विवाहको उमेर हद १८ वर्षमा झार्ने कुरा बाल अधिकारको दृष्टिकोणले गलत हुने तथा बालमैत्री, पोषणमैत्री, बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने लगायतका अभियानमा थप नकारात्मक प्रभाव पार्न सक्ने भएकोले यस विषयलाई थप बहसको विषय नबनाई २० वर्षलाई नै कायम गरी कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।

ज्ञापनपत्रमा यसले समग्र मानव विकास सूचाङ्कमा पनि असर पार्न सक्ने भएकोले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र स्थानीय तह, सरकार, नागरिक समाज, र सम्बन्धित सरोकारवालाहरू बीच छलफल गरेर ठोस कार्यक्रम, बजेट, र नीति तर्जुमा गरी अगाडि बढ्नुपर्ने अपिल समेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close