प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सीटीईभीटीका० सदस्यसचिव जीवनारायण काफ्लेले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय पुर्याउन तथ्यांक संकलन भइरहेको बताउनुभएको छ । सीटीईभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक गर्नुभएको प्रमुख कामको सूचीमा सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षा पुर्याउने उद्घोष गरेअनुसार संस्थाले सो विषयमा प्रक्रिया अघि बढाएको हो ।
पछिल्लो समय निजी नर्सिङ कलेजमा भर्ना प्रक्रियाको विषयमा बहस भैरहेको जानकारी दिँदै उहाँले सीटीईभीटीले सम्बन्धन दिएको संस्थालाई बचाउन र जनताको छोराछोरीले पढ्न पाउने अवसर दिने सन्दर्भमा संस्था गम्भीर भएको जिकिर गर्नुभयो । उहाँले संस्थाको गरिमामा आँच आउनेगरी प्रचार गरिएका समाचारले समग्र प्राविधिक शिक्षालाई गम्भीर असर परेको बताउँदै सो विषयमा सबै सरोकारवालाले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको पनि उल्लेख गर्नुभयो ।
देशमा हजारौं संख्यामा नर्सको आवश्यकता छ । बेलायत, इजरायल, अमेरिका, अस्ट्रेलियालगायत अधिकांश मुलुकमा नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको माग छ । यस्तो अवस्थामा नेपाली लगानीमा खुलेका संस्थालाई बन्द गर्न भएका विभिन्न प्रपञ्चले संस्थालाई आँच पुगेको उहाँको भनाइ छ । सदस्य सचिव काफ्लेले सीटीईभीटीमा आफैंले सम्बन्धन दिएका संस्था बचाई पढ्ने अवसर प्रदान गर्ने दायित्वसमेत भएको उल्लेख गर्नुभयो ।