कुखुरा पालनमा रमाउदै यज्ञराज

कमल कुमार न्यौपाने
सुर्खेत २०, मंसिर ।
पछिल्लो समय रोजगारीको अवसरको खोजीमा युवाहरूको रोजाई भनेकै बैदेशिक रोजगार हो । तर कालिकोट सान्नीत्रिवेणी १ रुकु घर भइ हाल वीरेन्द्रनगर ३ मुलपानी वस्दै आएका युवा यज्ञराज अधिकारीलाई जन्मभूमिमै केहि गर्ने सोच पलायो । अहिले उनी मुलपानीमै भाडामा जग्गा लिएर स्थानीय जातका कुखुरापालन गर्दै आएका छन ।
उनी रोजगारीको अवसर नपाउदा विदेश जाने सोच बनाए । तर कोरियन भाषा परिक्षामा असफल भए पछि नेपालमै केहि गर्ने सोच बनाए । भाषा परिक्षाको तयारीमा रहेका उनी रोजगारीका लागि कोरिया जाने तयारी गर्दा नेपालमै यसरी कुखुरापालन गरेर आत्मनिर्भर भइनछ भन्ने कल्पना गरेका थिएनन ।
कुखुरापालन गर्दा कम लगानी हुने र छोटो समयमा आम्दानि हुने भएकोले उनले यही पेशा रोजेको बताए । विभिन्न सधंसस्था र आफन्तहरूको सहयोगबाट करिब १३ लाख भन्दा धेरै लगानी गरी १२ बिघा जमिनमा कुखुरा पालन गर्दै आएको उनले बताए ।
उनले व्यवसाह गर्ने थालेको करिब ६ महिना मात्र भयो । भाडाको जग्गामा उनले कुखुरा पालन गर्दै आएका छन । बार्षिक १ कठ्ठाको ६ हजारको दरले भाडा तिर्ने गरेको उनी बताउछन । पहिलो लटमा १३ सय चल्ला खोरमा हाली लगभग २०० भन्दाबढि बिक्री गरी दुइ लाख रुपैया आम्दानी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close