ब्राइटल्याण्ड सेकेण्डरी विद्यालयमा इको क्लब गठन

वीरेन्द्रनगर ११, पिपीरा सुर्खेतमा अवस्थित ब्राइटल्याण्ड सेकेण्डरी विद्यालयमा ब्राइटल्याण्ड इको क्लबको गठन भएको छ। विद्यालयको सरसफाई विभाग संयोजक सविता कंडेलको संयोजकत्वमा गठित यस क्लबको अध्यक्षमा दिपदर्शन ऐडी रहनुभएको छ। यस्तै, उपाध्यक्षमा सोमिया शाही, सचिवमा कुशल वली, र कोषाध्यक्षमा समिक्षा थापा मगर रहनुभएको छ।

सदस्यहरूमा सौरभ वली, जीवन खाँड ठकुरी, खुसी विक, कायरा रिजाल, र अविशेक थापा समावेश हुनुहुन्छ। नवगठित क्लबले विद्यालयको वातावरण संरक्षण तथा प्रवद्र्धन गर्ने, हरित विद्यालय निर्माण गर्ने, र विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close