सहयोग हस्तान्तरण

सुमन खड्का
सुर्खेत ८,असार ।
कालिकोटमा सञ्चालित अभिभावक विहिन तथा पिडित बालबालिकाको रेखदेख तथा पालनपोषणका निम्ति सञ्चालनमा आएको न्यानोकाख सेवा समाजलाई सहयोग रकम हस्तान्त्रण गरिएको छ । सोल सोसाइटीको अगुवाईमा संकलन भएको सहयोग हस्तान्तरण गरिएको अभियानका निराजन ढकालले बताउनु भएको छ ।
च्यारिटी मार्फत सहयोग गर्ने आहा नेपाल , न्यानो काखका निम्ति सहयोग अभियान सञ्चालन गर्ने सोल सोसाइटी , खेलकूद सामाग्री सहयोग गर्ने युवा क्लब सुर्खेत लगायतले फेसबुकबाट आर्थिक सहयोग संकलन भएको थियो । उक्त रकम अभियानमा जुट्नु भएको ढकालको बैंक खातामा जम्मा भएको थियो । सहयोगका लागि २२ हजार १ सय २० रुपैया जम्मा भएको ढकालले बताउनु भयो । उहाँका अनुसार संकलित रकमबाट २१ हजारको खाद्यन्न उपलब्ध गराईएको छ भने १ हजार १ सय २० रुपैया नगद उपलब्ध न्यानोकाख सेवा समाजका सञ्चालक कल्पना मल्ललाई हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close