मुगुको रारा विमानस्थलमा उड्न लागेको विमानले ठक्कर दिँदा एक कर्मचारी गम्भीर घाइते

बिहीबार मुगुको रारा विमानस्थल देखी नेपालगन्जका लागि उड्न लागेको सीता एयरको ट्विनअटर विमानको अघिल्लो भागले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन्।

भाम विमानका चालकलाई विमान उडान गर्न संकेत गरिरहेका थिए। विमान बिस्तारै गुड्दै थियो। सोही बेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमानको अघिल्लो भागले उनलाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close