मन्दिरको महिला चेन्जिङ रूममा सीसीटीभी जडान, पुजारी फरार

भारतको उत्तर प्रदेश राज्यको गाजियाबादको मुरादनगरमा रहेको धार्मिक स्थलमा महिलाको चेन्जिङ रूममाथि सीसीटीभी क्यामेरा राखेको विषयमा विवाद भएपछि प्रहरीले स्वघोषित महन्त मुकेश गोस्वामीविरूद्ध मुद्दा दर्ता गरेको छ ।

प्रहरीले सीसीटीभीको डीभीआर बरामद गरेको छ, जसमा महिलाको गोपनीयता हनन गर्ने धेरै भिडियोहरू भेटिएका छन् ।

एसीपी नरेश कुमारले बीबीसीलाई भने, ‘अभियुक्त महन्त मुकेश गोस्वामी फरार छन् र उनको खोजी भइरहेको छ। पीडित महिलाको बयान लिइएको छ ।’

एसीपी कुमारका अनुसार प्रहरीले सीसीटीभीको डिभीआर बरामद गरेको छ, त्यसमा धेरै महिलाको आपत्तिजनक भिडियो भेटिएको छ ।

महिलाको चेन्जिङ रूममा फोकस गरी क्यामरा लगाइएको थियो, जसमा महिलाको गोपनियता हनन गरेको प्रहरीको भनाइ छ ।

मन्दिर परिसरमा महिलाको गोपनियता हनन गरेको घटना बाहिर आएपछि सिँचाइ विभागले पनि अतिक्रमण हटाउन कारबाही सिफारिस गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार एक महिलाले महन्त मुकेश गोस्वामीलाई चेन्जिङ रूमको माथि राखिएको सीसीटीभीबारे जानकारी गराएपछि महन्तले महिलालाई गाली गरेका थिए ।

पीडित महिलाले पिसिआर कल गरेर प्रहरीलाई बोलाएकी थिइन् ।

तर, सो क्रममा गोस्वामी मन्दिर परिसरबाट फरार भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close