सल्यानमा नवजात शिशु मृत अवस्थामा फेला

सल्यानमा सालनाल सहितको नवजात शिशु मृत अवस्थामा फेला परेको छ। जिल्लाको कालीमाटी गाउँपालिका ४ डोढेरामा नवजात शिशु मृत फेला परेको हो।
मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिरहेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो।
घटनाको थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close