राष्ट्रियसभामा दुई विषयगत समितिको प्रतिवेदन पेस

राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
सभाको आजको बैठकमा समितिका सभापति डा। बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७८र०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताउनुभयो ।
त्यस अवधिमा नौ विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीनवटा प्रचलित ऐनको कार्यान्वयन मापन गरिएको जानकारी उहाँले गराउनु भयो ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा ले उक्त समितिको वार्षिक प्रतिवेदन पेस गरिन् । उनले समितिको आर्थिक वर्ष २०७५र७६, २०७६र७७ र २०७७र७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकनसम्बन्धी प्रतिवेदन पेस गरेकी हुन् ।
राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमबार दिउँसो १ बजे बस्नेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close