उत्तर कोरियाले गर्‍यो चार क्रुज मिसाइल प्रक्षेपण

उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट चार रणनीतिक क्रुज मिसाइलहरू प्रक्षेपण गरिएको जनाएको छ ।
बिहीबार ती मिसाइलहरू ह्यामग्योङ प्रान्तको किम चेक सहरस्थित क्षेत्रबाट कोरियाली प्रायद्वीपको पूर्वी तटमा रहेको समुद्रतर्फ प्रक्षेपण गरिएको कोरियाली केन्द्रीय समाचार एजेन्सी ले जनाएको छ ।
यो प्रक्षेपणका बारेमा अहिलेसम्म दक्षिण कोरिया र जापानले कुनै जानकारी नदिएको बीबीसीले जनाएको छ ।
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न प्रतिबन्ध लगाएको छ । तर, यो प्रतिबन्ध क्रुज मिसाइलमाथि लागु नहुने बीबीसीले जनाएको छ ।
उत्तर कोरियाले सैन्य अभ्यासकै एक अंशका रूपमा चार रणनीतिक क्रुज मिसाइलहरू प्रक्षेपण गरेको अलजजिराले जनाएको छ ।
अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाको आणविक धम्कीप्रति आफ्नो प्रतिक्रियालाई तीव्र पार्ने उद्देश्यले वासिङगटन डीसीमा सैन्य अभ्यास गरेपछि यो प्रक्षेपण गरिएको हो ।
उत्तर कोरियाले २०२१ सेप्टेम्बरमा पहिलोपटक लामो दूरीको क्रुज मिसाइल प्रणालीको परीक्षण गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close