दैलेखमा निर्माणाधीन खानेपानीको ट्यांकीमा डुबेर दाजुबहिनीको मृत्यु

साउन ३  सुर्खेत ।  दैलेखको दुल्लु नगरपालिका–३ सियालामा दुई बालबालिकाको पानी ट्यांकीमा डुबेर मृत्यु भएको छ ।दुल्लु नगरपालिका–३ सियालाका बखत महतका छोरा १३ वर्षीय दिनेश र छोरी ९ वर्षीया अनिताको सोमबार बेलुका खानेपानीको ट्यांकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिनु भएको छ ।
कर्णाली(कोटाछाल(दुल्लु लिप्टिङ खानेपानी आयोजनाको निर्माणाधीन ट्यांकीमा डुबेर उनीहरूको मृत्यु भएको हो ।
५ कक्षामा पढ्ने दिनेश र २ कक्षामा पढ्ने अनिता अभिभावकसँगै रोपाइँका लागि गएका बेला खेल्ने क्रममा दुर्घटना भएको हो ।
त्यहा नजिकै हिजो रोपाइँ रहेकोले बालबालिका सोही स्थानमा गएका बालबालिकाको मुत्यु भएको स्थानियहरुले भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close