‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा एमालेकै पालामा पुरा हुन्छ : नेता बस्नेत (भिडियाे सहित)

नेकपा एमाले नेता महेश बस्नेतले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य एमाले सरकारमा भए मात्र सम्भव हुने बताएका छन् । प्रेस चौतारी नेपाल सुर्खेत शाखाले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता बस्नेतले पार्टीबाट केही नेताहरु बाहिएपनि कार्यकर्ता र जनतामा एमालेको नीति, कार्यक्रम तथा उद्देश्यप्रति मोह नघटेको दावी गरे ।

उनले एकताका साथ सम्पन्न भएको विधान महाधिवेशनबाट नीति तथा विधि निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको जनाउँदै अब झनै सक्रिय भएर पार्टीलाई अनुशासित बनाउनतर्फ आफुहरु जुटेको जनाए । एमाले सरकारमा नहुनुको प्रभाव विकास, समृद्धि र राष्ट्रियतामा परेको उनको भनाइ थियो ।

‘नेकपा एमाले नियम, पद्धती र सिद्धान्तमा चल्ने पार्टी भएकाले जनताप्रति जवाफदेही छ’, उनले भने, ‘एमालेले तपार्ईहरुलाई दुरुपयोग गर्दैन, तपाईहरुको अपेक्षा र पसिना सही ठाउँमा प्रयोग हुन्छ ।’ उनले देशैभरी यति बेलास्थानीय तहहरुमा अधिवेशन चलिरहेकाले समावेशी प्रतिनिधित्व हुने गरि एमाले अघि बढेको स्पष्ट पारे । उनका अनुसार जनताको विश्वास जितेर अनुशाासित ढङ्गले काम गर्दै अगाडि बढिरहेकाले अब पार्टीमा स्वेच्छाचारी चल्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close