
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज दिइएको जनयुद्ध दिवसको बिदाप्रति असन्तुष्टि जनाउनु भएको छ।
सरकारले आज जनयुद्ध दिवस भन्दै सार्वजनिक बिदा दिएको छ।
थापाले सामाजिक सञ्जालमार्फत पछिल्लो समय कार्यकारी तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको बताउनु भएको छ।
यस्ता बिदा नितान्त कार्यकारी स्वेच्छाचारिताको मनोविज्ञानको उपज भएको थापाले लेख्नु भएको छ।