बाराको जीतपुर सिटी मार्केटमा आगलागी

बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ ।
आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । लाखौंको क्षति भएको अनुमान छ ।
आगलागीबाट हजारी साह र विवेक चौधरीले संचालन गरेको कपडा पसल जल्दा पाँचरपाँच लाख, मोहम्मद सुबराति र अनिल साहले संचालन गरेको कपडा पसलमा क्रमशः २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रसाद चौरसियाले संचालन गरेको पसलमा पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान छ ।
मार्केटमा अनिल साहले संचालन गरेको कपडा पसलबाट आगलागी सुरु भएको थियो । विधुत सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ । आगो किन र कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
व्यापारी मनोज साहले आगो लागेको देखेपछि होहल्ला गरेर मान्छे जम्मा पारेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगम गरी ३ वटा बारूणयन्त्र, सुरक्षा निकाय र स्थानीय बासिन्दाको प्रयासमा आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
बिहान ७ः३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो । समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
आगलागीपछि सिटि मार्केटमा भागदौड मच्चिएको थियो भने छेउछाउका पसलेहरूले आ(आफ्नो पसलभित्र रहेको लता कपडा निकालेका थिए ।
कतिपयले समान ओसार पसार गर्दा पानीमा कपडा खसेकोले कपडा काम न लाग्ने भएको बताएका छन् ।
आगलागीबाट ठूलो क्षति भएकोले जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले १ बजे आकस्मिक बैठक बोलाएको छ ।
बैठकमा कसको के कति क्षति भयो के कसरी व्यवसायीहरुलाई राहत मिल्छ भन्ने समबन्धमा छलफल हुने नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।
बारा क्षेत्र न ४ को सांसद किसान श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, वडा न ७ जीतपुरको वडा अध्यक्ष सुनिल गुप्ता, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा घटना स्थलमै पुगेर व्यापारीहरूलाई सान्त्वना दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close